प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसी टेबुल गर्ने सरकारको तयारी

प्रतिनिधिसभाको बैठक बस्दै छ । आज (बुधबार) बैठक संघीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो । बैठकको पूर्वसन्ध्यामा सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबुल गर्ने सरकारको तयारी रहेको छ । मंगलबार बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले एमसीसी आजै टेबुल गर्नुपर्ने प्रस्ताव गरेको थियो । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने एमसीसी विषय उल्लेख छैन । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने तथा डा. दुमनसिंह थापा, लक्ष्मीदास मानन्धर र जगत बहादुर ताजपुरियाको निधनमा शोक प्रस्ताव पारित गर्ने उल्लेख छ ।



संसद बैठकको अन्तिम कार्यसूची कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गर्ने सम्भावना रहेको छ । यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको बैठक पनि अवरोध गर्ने जनाएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संदन निरन्तर अवरोध गरिरहेको छ ।

कार्यसूची

कार्यसूची

 

सम्बन्धित समाचार