मृत अवस्थामा ३ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ३ जना फेला परेका छन् । गौशाला नगरपालिका-११ धन नारायणटोल बस्ने पलट महतोको छोरा १४ वर्षीय दिपक महतो आफ्नै घरको कोठाभित्र मंगलबार मृत अवस्थामा पेला परेका हुन् ।

त्यस्तै हुम्ला, सिमकोट गाउँपालिका-२ ठेहे बस्ने ४५ वर्षीय तुला सिंह सुनार सिमिकोट गाउँपालिका-३ स्थित तोर्पा जाने बाटो मुनी गोरग्याफुक भन्ने स्थानमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । गत माघ २६ गते घरबाट सदरमुकाम सिमकोट आएका उनी सिमकोटबाट घर नफर्केको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले खोजी गर्नेक्रममा उक्त स्थानमा उनको शव फेला पारेको हो ।



त्यसैगरी रुपन्देही, बुटवल उपमहानगरपालिका-१६ बाग कुमार आदर्श टोल बस्ने ३७ वर्षीय गोबिन्द पौडेल सोही उपमहानगरपालिकास्थित दानव नदीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । गत माघ २७ गतेदेखि घरबाट हराएका उनको खोजी गर्नेक्रममा उक्त खोलामा शब फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार