नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ फागुन ।
सिभिल बैंक र एफ वन सफ्ट इन्टरनेसनलबीच ओम्नी च्यानल प्लेटफर्म सुचारु गर्दै डिजिटल बैंकिङ सेवा तथा सुविधाहरूलाई अझ बढी प्रभाकारी बनाउनको लागि सम्झौता पत्रमा हस्तक्षर गरिएको छ । उक्त सम्झौता पत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनीलकुमार पोखरेल र एफ वन सफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेको बैंकद्वारा पे्रषित विज्ञप्तिमा उल्ल्ेख छ ।
बैंकले मोवाइल बैकिङ्ग सुविधालाई अझ बढी सवल र सुदृढ बनाई ग्राहकको सहज बित्तीय पहुँचलाई मध्यनजर गर्दै उक्त स्तरोन्नति गर्न लागेको जनाइएको छ । अब गरिने स्तरोन्नतिपश्चात सिभिल बैंकका ग्राहकहरूले मोबाईल एपमार्फत नै बैंक खाता खोल्ने, पैसा पठाउने, खातामा पैसा जम्मा गर्ने, बैंक लोन लिने जस्ता सेवाहरूको उपयोग गरी सहज तथा सरल ढंगबाट आफूलाई आवश्यक बित्तीय सेवा उपभोग गर्न सक्नेछन् पनि उल्लेख छ ।
बैंकले हालसम्म करिव सात लाख ग्राहकलाई ११५ शाखा, १० एक्सटेन्सन काउन्टर तथा ९७ एटिएममार्फत बैंकिङ्ग सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको उल्लेख छ ।