नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ फागुन ।
नेपालमा आज (बिहीबार) सुनको मूल्य १००० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार १०० रहेकोमा बुधबार रु ९५ हजार १०० हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ६०० रहेकामा बुधबार प्रतितोला रु ९४ हजार ६०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि बुधबारको मूल्य भन्दा १० रुपैयाँ बढ्दै १ हजार २९५ माकारोबार भएको छ । बुधबार चाँदी प्रतितोला रु एक हजार २८५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।