मृत अवस्थामा ६ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । धनुषा, जनकपुर उपमहानगरपालिका-४ आनन्दनगर डेरा गरी बस्ने महोत्तरी मनरासिसवा नगरपालिका-४ घर भएका ३७ वर्षीय नरेन्द्र झा आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-१ सकरदेहीस्थित कोशी नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस्तै महोत्तरी, गौशाला नगरपालिका-१२ स्थित जंगलमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।



त्यसैगरी धादिङ, गजुरी गाउँपालिका-५ घाटबेशी सानो बाङगेमोड नजिकै त्रिशुली नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यता ललितपुर, ललितपुर महानगरपालिका-१४ ताल्चिखेलस्थित अरनिको कलेज नजिक रहेको छाप्रोभित्र विगत केही समयदेखि बस्दै आएकी हाल नाम, थर, वतन नखुलेकी करिब ६० वर्षीया महिला सोही छाप्रोभित्र बुधबार मृत अवस्थामा फेला परेकी छन् ।

यसैगरी झापा, अर्जुनधारा नगरपालिका-१ हच्चुमाछा सामुदायिक वनभित्र गोप्ते जंगलमा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुषको सडिगलेको अवस्थामा बुधबार शव फेला परेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार