काँग्रेसले १६ जिल्लाको अधिवेशनको मिति फेरि सार्यो (विज्ञप्तिसहित)

नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन पुन: सारिएको छ । आज (बिहीबार) नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले एक विज्ञप्ति जारी गर्दै १६ जिल्लाको अधिवेशन पुन: सारिएको जानकारी दिएको हो । यसअघि पार्टीले १६ जिल्लाको अधिवेशनको फागुन १३ निर्णय गरेकोमा दुई दिन पर सार्दै १५ गतेका लागि तय गरेको हो ।

निर्वाचन समितिका सचिव केशव रिजालले नेपाल बारको सम्मेलन र महेन्द्रनारायण निधिको जन्मजयन्ती लाई मध्यनजर गरी अधिवेशन दुई दिन सारिएको बताए । यसअघि यी जिल्लामा माघ १५ गते जिल्ला अधिवेशन गर्ने गरी मिति निर्धारण गरिएको थियो। तर, कोरोना भाइरसको संक्रमण बढेपछि स्थगित गरिएको थियो। यस्तै, १६ जिल्लाअन्तर्गत प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित हुने महासमिति सदस्यको निर्वाचन हुन बाँकी भएमा सोही दिन सम्बन्धित क्षेत्रको प्रतिनिधिमध्येबाट महासमिति सदस्यको निर्वाचन समेत सम्पन्न गर्ने जनाइएको छ।



काँग्रेसले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा पार्टीको जिल्ला अधिवेशन गर्न बाँकी रहेको जनाएको छ ।

विज्ञप्ति

विज्ञप्ति

 

सम्बन्धित समाचार