प्रतिनिधिसभाको बैठक सुरु, एमालेको अवरोध र नाराबाजी कायमै (लाइभ)

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँ वानेश्वरमा बसेको बैठक दिउँसो १ बजेदेखि सुरु भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको छ । प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा आज प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्नेछन् ।उल्लेख छ ।

त्यस्तै प्रतिनिधिसभाको बैठकमा आज अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल नगर्ने सहमति भएको छ । आज बसेको सत्ता गठबन्धनको बैठकले पनि एमसीसी टेबल नगर्ने निर्णय गरेको छ । सरकारले भने आज एमसीसी आजै टेबल गर्नुपर्ने प्रस्ताव गरेको थियो । तर, सत्ता गठबन्धनले भने एमसीसी टेबुल नगर्न देउवालाई आग्रह गरेका थिए । बैठकपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने, ‘प्रधानमन्त्रीले आजै एमसीसी टेबल गर्नुपर्छ भन्नुभयो तर हामीले आठ गतेसम्म कुर्न आग्रह गर्यौ । त्यसमा उहाँ सहमत हुनुभयो ।’



प्रधानमन्त्री शेरबहादुर देउवा संसद बैठकमा एमसीसीमा टेबुल गर्ने प्रयासमा छन् भने माओवादी र एकीकृत समाजवादीले अहिले एमसीसी पेस गर्न नहुने बताउँदै आएका छन् । यसअघि, सत्ता गठबन्धनको बैठक बस्नुअघि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले छलफल गरेका थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा माओवादीका नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । बैठकले एमसीसीमा अडान परिवर्तन नगर्ने निर्णय गरेको छ । माओवादी केन्द्रले एमसीसी जबरजस्ती अघि बढाउन खोजे गठबन्धन तोड्न सक्ने चेतावनी पनि दिएको थियो ।

भिडियो-

भिडियो साभार – House of Representative Nepal प्रतिनिधि सभा नेपाल

 

 

सम्बन्धित समाचार