नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ फागुन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले गठबन्धनलाई पानी मुनिबाट निकालेर भए पनि ठेगान लगाउने बताएका छन् । आज (शनिबार) भक्तपुरको सूर्यविनायकमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
ओलीले गठबन्धनको आयु बढीमा एक वर्ष रहेको समेत बताए । रामायणमा मन्थराका कारण रामचन्द्र वनवास जानुपरेको घटना स्मरण गर्दै ओलीले भने– ‘नेपालमा यति धेरै मन्थरा र सकुनीहरु छन्, उनीहरुले हामी विरुद्ध षड्यन्त्र गरिरहेका छन्।’ उनले भने ‘तर फेरि चुनाव आउँछ । यहाँ १४ वर्ष पर्खिनुपर्दैन । बढीमा पाँच वर्षको कुरा हो ।’
त्यस्तै ओलीले एमाले चुनाव जित्नका लागि सरकारमा जाने नभई जनताको काम गर्न जान चाहेको बताए । ओलीले आगामी चुनावमा एमाले एक्लै लड्ने र चुनावबाट आउने परीणामले पाँच दलीय गठबन्धन अस्तित्व समाप्त हुने दाबी गरे ।
