नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ फागुन।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले शनिबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर समान ३-३ रुपैयाँले बढाएको छ ।
त्यस्तै हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ । मूल्यवृद्धिसँगै पेट्रोलको भाउ प्रतिलिटर १४५ रुपैयाँ र मट्टितेल र डिजेलको १२८ रुपैयाँ पुगेको छ। यस्तै खाना पकाउने एलपी ग्यासको मुल्य भने यथावत राखिएको छ । अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप प्रति लिटर पेट्रोल रु ५.६१ ले बढेको, डिजेल रु ५.६२ ले बढेको र हवाई इन्धन रू ४.९५ ले बढेर आएको निगमले जनाएको छ ।
सोही अनुरुप निगमलाई १५ दिनमा करिब रू दुई अर्ब ४० करोड घाटा हुने अवस्था रहेका कारण मूल्य बढाउन बाध्य भएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
सूची