प्रतिनिधिसभाको बैठक सुरु, एमसीसी टेबल हुने (लाइभ)

एमालेको अवरोध र नाराबाजी कायमै

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँ वानेश्वरमा बसेको बैठक दिउँसो १ बजेदेखि सुरु भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको छ ।

त्यस्तै प्रतिनिधिसभाको बैठकमा आज अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल गर्ने सहमति भएको छ । आज बसेको सत्तारूढ गठबन्धनको बैठकले पनि एमसीसी टेबल नगर्ने निर्णय गरेको हो । सत्तारूढ गठबन्धनको बैठकमा एमसीसी टेबल गर्ने सहमति भएसँगै संसदमा एमसीसी आजै टेबल हुने सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले बताएका छन् ।



यसअघि एमसीसी संसदमा टेबल गर्ने विषयमा सत्तारूढ गठबन्धन भित्रै नै मतभेद देखिएको थियो । त्यस्तै कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने निर्णय गरेको संघीय संसद सचिवालयले जनाएको छ ।

भिडियो-

भिडियो साभार – House of Representative Nepal प्रतिनिधि सभा नेपाल

सम्बन्धित समाचार