मृत अवस्थामा ४ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । कैलाली, घोडाघोडी नगरपालिका-१ बेलार बस्ने ४० वर्षीया रबिना कठरिया सोही ठाउँस्थित जनहित सामुदायिक जंगलमा आइतबार मृत अवस्थामा फेला परेकी हुन् ।

त्यस्तै दार्चुला, नौगाड गाउँपालिका-६ बस्ने सङुवा ठगुन्नाको घरमा शैल्यसिखर नगरपालिका- ४ स्थित सेतकला घर भएकी २२ वर्षीया कमला ठगुन्ना आइतबार मृत अवस्थामा फेला परेकी छिन् । गाडी चालक आफ्नै श्रीमान प्रेम सिँह ठगुन्नालाई भेट गर्न भनी गत फागुन २ गते गाडी
साहु निज सङुवा ठगुन्नाको घरमा गई बसेकी उनको सोही घरभित्र शव फेला परेको हो ।



यस्तै कास्की, अन्नपूर्ण गाउँपालिका-३ स्थित गोरेटो बाटोमा सोही गाउँपालिका-२ सेरा गाउँ बस्ने ३९ वर्षीया अमला अधिकारी शनिबार मृत अवस्थामा फेला परेकी छिन् । गत शुक्रबार साँझ घरबाट हराएकी उनको खोजी क्रममा उक्त स्थानमा शव फेला परेको हो । त्यसैगरी धादिङ, थाक्रे गाउँपालिका-२ घलेगाँउ बस्ने रामबाबु रिजालको घरमा बिगत २ वर्षदेखि काम गरी बस्ने करिब ६५ वर्षीय पुरुष सोही ठाउँस्थित बारीमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार