नवकान्तिपुर संवाददाता
काठमाडौं, १० फागुन ।

प्रहरीले मध्यबानेश्वरबाट एक चिनियाँ नागरिकसहित ३७ जनालाई पक्राउ गरेको छ । सोमबार राति प्रहरीले उनीहरुलाई मध्यबानेश्वरबाट पक्राउ गरेको हो ।
अनलाइनबाट जुवा खेलाउने, धम्क्याउने गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । उनीहरु पुरानो बानेश्वरमा रहेको ‘लेमन कल सेन्टर’बाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा एकजना चिनियाँ नागरिक, १३ जना नेपाली महिला र अरु नेपाली पुरुष रहेका छन् । प्रहरी परिसर काठमाडौँको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको र यस विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
