जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ

देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखा मैलुङ गाउँपालिका-४ घर भई ललितपुर बस्ने १९ वर्षीय अमिर गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।अमिरले ती बालिकालाई महालक्ष्मी नगरपालिका-४ इमाडोलमा गत माघ २२ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी, बर्जु गाउँपालिका-४ बस्ने २४ वर्षीय अर्जुन गुरुङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अर्जुनले ती किशोरीलाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सितागन्ज र प्रहरी चौकी अमडुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



त्यसैगरी १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देही, ओमसतीया गाउँपालिका-६ बस्ने २० वर्षीय ईन्सास अलीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईन्सासले ती किशोरीलाई आइतबार राति आफ्नै घर नजिकै शौच गर्न गएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार