नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ फागुन ।
नेपालमा आज (बुधबार) सुनको मूल्य ५०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ५०० रहेकोमा मंगलबार रु ९७ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार रहेकामा मंगलबार प्रतितोला रु ९६ हजार ५०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य मंगलबारको मूल्य भन्दा ५ रुपैयाँ बढ्दै एक हजार ३२० मा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला रु एक हजार ३१५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।