जयनन्द लामाको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् यस्तो ट्विट

राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेकी छन् । आज (बुधबार) एक ट्विट गर्दै उनले कलाकार जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले कलाकार लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठुलो क्षति व्यहोर्नुपरेको भन्दै उनले मृतआत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेकी छन् । त्यस्तै उनले दुःखको यस घडीमा स्वर्गीय लामाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको ट्विटरमा उल्लेख गरेकी छिन् । वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको आज बिहान निधन भएको हो ।



राष्ट्रपति भण्डारीले ट्विटरमा लेखेकी छन्, ‘प्रसिद्ध लोक गीत सङ्कलक‚ गायक तथा अभिनेता जयनन्द लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठुलो क्षति व्यहोर्नु परेको छ । दुःखको यस घडीमा स्वर्गीय लामाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

राष्ट्रपति भण्डारीको ट्विट

राष्ट्रपति भण्डारीको ट्विट

सम्बन्धित समाचार