एमसीसीको विषयमा वामदेव गौतमले गरे अमेरिकालाई यस्तो आग्रह (विज्ञप्तिसहित)

अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) फिर्ता गर्न अमेरिकी सरकारलाई नेकपा एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले आग्रह गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै गौतमले यस्तो आग्रह गरेका हुन् ।

गौतमले अहिले आएको एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सिर्जना भएको स्थिति देखिएको बताए । उनले नेपालको संविधान बमोजिम संघीय कानुन अनुसार बनिनसकेको अवस्थामा एमसीसी परियोजना अनुदान संसदमा प्रस्तुत गर्न नमिल्ने बताएका हुन् ।



‘टोपी हातले समाउँदै एम सि सिलाई सकिनसकि बोक्न जाने र नेपालमा ल्याएर पशुपतिनाथलाई पूजा गरे जस्तै पवित्र काम ठान्ने तथा आफूलाई परमपिता मान्नेहरूले नेपाली जनतालाई बुझिने गरी जबाफ दिनुपर्छ । यो सम्झौताले ७४ वर्ष पहिलेदेखि अविच्छिन्न मित्रता रहेको संयुक्त राज्य अमेरिकासँग नेपालको सम्बन्धमा केही तल माथि पर्‍यो भने यसको सम्पूर्ण दोष आफूलाई चुकेल्या ठान्ने खलनायकहरूले नै बोक्नु पर्नेछ ‘ विज्ञप्तिमा उल्लेख छ ।

विवादित परियोजनाले नेपालको अहित गर्ने भन्दा गौतमले एमसीसी परियोजना फिर्ता गर्न अमेरिकी सरकारसँग अनुरोध पनि गरेका छन् । उनले एमसीसी सम्झौता कार्यान्वयन गरिँदा नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शंका गर्न थालिएको पनि बताएका छन् । एमसीसी अन्तर्गत अमेरिकाले नेपालको विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नतिका लागि घोषणा गरेको ५० करोड अमेरिकी डलर (५७ अर्ब नेपाली रुपैयाँ) अनुदान परिचालन गरिने सम्झौता छ । त्यसैले अमेरिकाले एमसीसी चाँडै संसद्बाट अनुमोदन होस् भन्ने चाहेको छ र दवाव पनि दिइरहेको छ ।

विज्ञप्ति

विज्ञप्ति

विज्ञप्ति

 

सम्बन्धित समाचार