नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ फागुन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेका छन् । आज (बुधबार) एक ट्विट गर्दै उनले कलाकार जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री देउवाले कलाकार एवं लोकगायक जयनन्द लामाको असमायिक निधनबाट मुलुकले गितसंगीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधक गुमाएको बताएका छन् । उनले मृतआत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । त्यस्तै उनले दुःखको यस घडीमा स्वर्गीय लामाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको ट्विटरमा उल्लेख गरेका छन् । वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको आज बिहान निधन भएको हो ।
प्रधानमन्त्री देउवाले ट्विटरमा लेखेका छन्, ‘कलाकार एवं लोकगायक जयनन्द लामाको असमायिक निधनबाट मुलुकले गितसंगीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधक गुमाएको छ । दिवङगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’
प्रधानमन्त्री देउवाको ट्विट
