आज कति संक्रमित थपिए ? यस्तो छ २४ घण्टाको विवरण

२ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा ३१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ८ हजार ६९३ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ५ हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा २५६ जना र तीन हजार ५९० जनाको एन्टिजेन परीक्षण गर्दा ५६ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९३० पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ९११ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ५४ हजार ३४१ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या १० हजार ९० रहेको छ । जसमा ९ हजार ७६३ जना होम आइसोलेसनमा छन् भने ३२७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १०५ संक्रमित आईसीयूमा र १९ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७६ हजार ३६१ र एन्टिजेन विधिबाट १ लाख ३८ हजार ९७१ जना पुगेको छ ।

 

सम्बन्धित समाचार