आज प्रतिनिधिसभाको बैठक बस्दै, कार्यसूचीमा पर्यो एमसीसी (कार्यसूचीसहित)

प्रतिनिधिसभाको बैठक बस्दै छ । आज (बिहीबार) बैठक संघीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो । बैठकको पूर्वसन्ध्यामा सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

आजको बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची रहेको छ । संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले बुधबार एक सूचना जारी गर्दै बैठकमा नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि छलफल हुने कार्यसूची समावेश गरेका छन् ।



कार्यसूचीको दोस्रो बुँदामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भनी प्रस्ताव गर्ने उल्लेख गरिएको छ । त्यस्तै बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले महान्यायाधिवक्ताको वार्षिक, आर्थिक वर्ष २०७७/७८ पेश गर्ने कार्यसूची पनि रहेको छ । फागुन ८ गते अर्थमन्त्री अनुपस्थित भएपछि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबुल गरेका थिए ।

कार्यसूची

कार्यसूची

सम्बन्धित समाचार