प्रचण्ड, माधव र यादवबीच भेटवार्ता, के भयो कुराकानी ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, समाजवादीकै सम्मानित नेता झलनाथ खनाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । आज (बिहीबार) एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको बैठकमा एमसीसीका विषयमा छलफल भएको हो ।

दुबै दलका नेताअमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को विपक्षमा उभिने निर्णय गरिसके छन् । आज प्रतिनिधिसभा बैठकमा एमसीसीबारे छलफल सुरु हुनुअघि दुई दलका शीर्ष नेता छलफलमा जुटेका हुन् । छलफलमा एमसीसीका विषयमा संसदमा कसरी प्रस्तुत हुने विषयमा छलफल भएको एकीकृत समाजवादीका सम्मानीत नेता खनालले जानकारी दिए ।



प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी अनुमोदन गर्ने पक्षमा रहेका छन् भने माओवादी केन्द्र र एकीकृत समाजवादी विपक्षमा रहेका छन् । बैठकमा माओवादी नेताद्वय् नारायणकाजी श्रेष्ठ र देव गुरुङ र जसपा नेता अशोक राई पनि सहभागी छन् । संसदमा प्रस्तुत भइसकेको एमसीसी परियोजना आजको बैठकमा छलफलको प्रस्ताव अगाडि बढाउने कार्यसूची तय भइसकेको छ ।

 

सम्बन्धित समाचार