प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसी सम्झौताबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै छ । आज (आइतबार ) बैठक संघीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो । आजको बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची रहेको छ । संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले शनिबार सार्वजनिक गरेको सूचनामा आइतबारको बैठकको सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख गरिएको छ ।

फागुन ८ गते अर्थमन्त्री अनुपस्थित भएपछि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबुल गरेका थिए । यसअघि बिहीबार र शुक्रबार तय भएको बैठक स्थगित भएको थियो । सभामुख अग्निप्रसाद सापकोटासमक्ष कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सहमतिका लागि बैठक स्थगित गरिदिन आग्रह गरेका थिए  । मन्त्रीको आग्रहपछि बैठक आइतबार १ बजेसम्मका लागि स्थगित गरिएको हो । यसअघि बिहिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसिसीमाथिको छलफलमा बोल्न चाहने सबै सांसदलाई बोल्न दिने निर्णय गरेको छ ।



बैठकले हरेक सांसदलाई ५ मिनेटको समय दिने बताएको थियो । त्यस्तै आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची पनि छ । यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउएका छन् । बिहान साढे ११ बजेका लागि बैठक बोलाइएको हो ।

 

सम्बन्धित समाचार