नेकपा माओवादी केन्द्रको बैठकले गर्यो यस्तो निर्णय

नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) संसदबाट व्याख्यात्मक विश्लेषणसहित पारित गर्ने निर्णय गरेको छ । आज (आइतबार) बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठक व्याख्यात्मक विश्लेषणसहित पारित गर्ने निर्णय गरेको हो ।

एमसीसीमा रहेको विवादित विषयमा ब्याख्यात्मक विश्लेषणसहित पारित गर्ने निर्णय भएको माओवादी केन्द्रका नेता वर्षमान पुन (अनन्त)ले जानकारी दिए । सत्ता गठबन्धनमा पनि यस विषयमा सहमति जुटिसकेको छ । यसअघि माओवादी केन्द्र यथास्थितिमा एमसीसी पारित गर्न नहुने भन्दै आएको थियो ।



माओवादीको विस्तारित बैठकपछि प्रचण्ड सत्ता गठबन्धनको बैथाक्लो लागि बालुवाटार गएका छन् । सहमतिलाई अन्तिम रूप दिन गठबन्धनको बैठक बालुवाटारमा बस्दैछ ।

 

 

 

सम्बन्धित समाचार