नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ फागुन ।

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँ वानेश्वरमा बसेको बैठक दिउँसो ३ बजेपछि सुरु भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको छ ।
त्यस्तै प्रतिनिधिसभाको बैठकमा आज अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित गर्ने प्रवल सम्भावना रहेको छ । आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एमसीसी व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्नेमा सहमति भएको हो । प्रतिनिधिसभाको पहिलो बैठकले एमसीसीमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ र विचार गरियोस् भन्ने प्रस्ताव पेश भएपछि बैठकमा एमसीसीबारे सैद्धान्तिक छलफल हुनेछ । र, त्यसपछि दोस्रो बैठकमा व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गरियोस् भन्ने प्रस्ताव सरकारले पेश गर्नेछ र प्रस्ताव बैठकमा उपस्थित बहुमतले पारित गरेमा एमसीसी पारित हुनेछ ।
त्यस्तै आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची पनि छ । संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले शनिबार सार्वजनिक गरेको सूचनामा आइतबारको बैठकको सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख गरिएको छ ।फागुन ८ गते अर्थमन्त्री अनुपस्थित भएपछि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबुल गरेका थिए ।
भिडियो-
भिडियो साभार – House of Representative Nepal प्रतिनिधि सभा नेपाल
