नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ फागुन ।
नेपालमा आज (सोमबार) सुनको मूल्य १६०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार २०० रहेकोमा आइतबार रु ९६ हजार ६०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ७०० रहेकामा आइतबार प्रतितोला रु ९६ हजार १०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य आइतबारको मूल्य भन्दा ४५ रुपैयाँ बढ्दै एक हजार ३४० मा कारोबार भएको छ । आइतबार चाँदी प्रतितोला रु एक हजार २९५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।