एमसीसी पारित भएपछि बाबुराम भट्टराईले गरे यस्तो ट्विट

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले अन्ततः एमसीसी अनुदान सम्झौता संसदबाट पारित हुनु स्वागतयोग्य रहेको बताएका छन् । आइतबार एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् ।

भट्टराईले पिसाब फेरिसकेपछि दैलो देखेका कणहरूले तलसम्म पारेको फोहर सोहोर्न चाहिं मेहनत गर्नुपर्ने टिप्पणी गरेका छन् । त्यस्तै उनले यो प्रकरणले नेपाली राजनीतिमा बाह्य खतराको भयदोहन गरेर चुनावी लाभ लिने अवसरवादी प्रवृत्ति अन्त्य गर्ने विश्वास लिएका छन् । आइतबार राति एमसीसी संसदबाट पारित भएको थियो ।



बाबुरामले ट्विटरमा लेखेका छन्, ‘विभिन्न नाटकीय घुम्तीहरू पार गर्दै अन्ततःMCCअनुदान सम्झौता संसदबाट पारित हुनु स्वागतयोग्य छ।पिसाब फेरिसकेपछि दैलो देखेका कणहरूले तलसम्म पारेको फोहर सोहोर्न चाहिं मेहनत गर्नैपर्ला! यो प्रकरणले नेपाली राजनीतिमा बाह्य खतराको भयदोहन गरेर चुनावी लाभ लिने अवसरवादी प्रवृत्ति अन्त्य गरोस!’

बाबुरामको ट्विट

बाबुरामको ट्विट

सम्बन्धित समाचार