संसद् भवन अगाडी रहेको शङ्कास्पद वस्तु सेनाद्वारा डिस्पोज (अपडेट)

शङ्कास्पद वस्तु बम नभएको पुष्टि

नयाँ बानेश्वरस्थित संसद् भवन अगाडी रहेको शङ्कास्पद वस्तु बम नभएको पुष्टि भएको छ । प्रहरीले शंकास्पद वस्तु बम नभएको पुष्टि गरेको हो । यद्यपि उक्त बस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

संसद भवन अगाडी नो एमसीसी लेखिएको प्रेसर कुकर भेटिएको थियो । उक्त प्रेसर कुकर भित्र कुकरभित्र खाली कागज र प्लाष्टिक भेटिएको सेनाले जनाएको छ । अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कार्पोरेशन(एमसीसी) संसदबाट अनुमोदन भएपछि त्यसको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले सोमबार नेपाल बन्द आह्वान गरेका छन् । बन्दको क्रममा जनजीवन प्रभावित पार्न सो वस्तु राखिएको हुनसक्ने प्रहरीले जनाएको छ ।



त्यसअघि आज काभ्रेपलान्चोकको बनेपा बजार नजिकै पुलबजारमा पनि शङ्कास्पद वस्तु फेला परेको थियो । अरनिको राजमार्गमा राखिएको शङ्कास्पद वस्तु सेनाले निष्क्रिय पारेको थियो। शङ्कास्पद वस्तु कालिजङग गण धुलिखेलका नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो ।

यो पनि पढ्नुस :

संसद भवन अगाडी शङ्कास्पद वस्तु फेला

सम्बन्धित समाचार