नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ फागुन ।

नेकपा एमालेका नेता डा. भीम रावलले एमसीसी सम्झौतामा नेपालले मान्न नहुने राष्ट्रघाती प्रावधानहरू रहेछन् भन्ने सरकारले एमसीसीलाई गरेका प्रश्न र संसदमा पेश गरेको ‘व्याख्यात्मक घोषणा’ ले प्रष्ट पारेको बताएका छन् । सोमबार एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् ।
रावलले एमसीसी सम्झौतामा सबै संलग्न छन् भनी कांग्रेसले हल्ला गरेको आरोप लगाएका छन् । त्यस्तै उनले यस सम्झौतामा संलग्न हुनेहरुलाई संसदीय छानबीन गरी कारबाही गर्न माग गरेका छन् । आइतबार राति संसदबाट एमसीसी बहुमतले पारित भएको थियो ।
भीम रावलले ट्विटरमा लेखेका छन्, ‘एमसीसी सम्झौतामा नेपालले मान्न नहुने राष्ट्रघाती प्रावधानहरू रहेछन् भन्ने सरकारले एमसीसीलाई गरेका प्रश्न र संसदमा पेश गरेको ‘व्याख्यात्मक घोषणा’ ले प्रष्ट भएको छ।सम्झौतामा सबै संलग्न छन् भनी कांग्रेसले हल्ला गर्दै छ।त्यसो भए यसमा संलग्न हुनेहरूलाई संसदीय छानबीन गरी कार्वाइ गरौं।
भीम रावलको ट्विट
