नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ फागुन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावल हीरो बन्न खोजिरहेको बताएका छन् । आज (मंगलबार) संसद्बाट अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन भएपछि पार्टीको धारणा सार्वजनिक गर्न काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले रावलविरुद्ध यस्तो आरोप लगाएका हुन् ।
रावलको गतिविधि अनुशासनविपरित भन्दै ओलीले पार्टीको काम कारवाही भन्दा आफूलाई उनले पृथक ढंगले प्रस्तुत गर्न खोजेको बताए । ‘भीम रावलले पृथक गतिविधि गरेर आफूलाई व्यक्तिगत रुपमा हीरो देखाउन खोज्नुभएको छ’ ओलीले भने, ‘कुनैपनि बहानामा चाहे त्यो राष्ट्रवादको नाममा होस्, पार्टी निर्णय विपरितको क्रियाकलाप अनुशासन भित्र पर्दैन ।’
‘भीम रावलले आत्मकेन्द्रित, आत्मप्रचारक, अनुचित र अनुशासनहीन क्रियाकलाप गर्नुभएको छ ’ ओलीले भने । रावल एमसीसीको विरोधमा उत्रदै आएका छन् ।
