माधव नेपालले बालकोटमा आफ्नो पार्टी समाप्त पार्ने षड्यन्त्र भएको भनेपछि…

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई निमिट्यान्न पार्न षड्यन्त्र भएको बताएका छन् । आज (मंगलबार) संसद्बाट अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन भएपछि पार्टीको धारणा सार्वजनिक गर्न काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

‘फागुन १ गते पूरै हाम्रो पार्टीविरुद्ध अस्तित्व समाप्त पार्ने षड्यन्त्र भइराखेको थियो’, उनले भने, ‘हामीलाई थाहा हुँदैन र बालकोटमा के के षड्यन्त्र भएको थियो । त्यस्तै अध्यक्ष नेपाललेदुई हप्तादेखिका षड्यन्त्रहरू एक मिनेटमा चुड्की बजाएर समाप्त भएको बताएका छन् । ‘देश अगाडि बढेको छ। सबै षड्यन्त्र चकानाचुर भएका छन्’, अध्यक्ष नेपालले भने , ‘दुई हप्तादेखिका षड्यन्त्र एक मिनेटमा चुड्की बजाएर समाप्त पारिएको छ।’



उनले ओलीलाई षड्यन्त्र नगर्न, सकारात्मक सोच्न र गलत बाटोबाट फर्किन पनि आग्रह गरे । उनले भिरबाट लड्ने गोरुलाई रामराम भन्न सकिए पनि काँध थाप्न नसकिने बताए । अध्यक्ष नेपालले भने ‘षड्यन्त्र नगर्नुहोस्। बुद्धि सप्रियोस्। धारे हात लगाउने कुरा नगर्नुहोस्। गलत बाटोबाट फर्किनुहोस् ।’ ‘भीरबाट लड्ने गोरुलाई रामराम भन्न सकिन्छ काँध थाप्न सकिँदै।’ नेपालले भने । त्यस्तै नेपालले एमसीसीको विषयमा विवाद सिर्जना गर्ने पहिलो व्यक्ति केपी ओली भएको आरोपसमेत लगाए ।

सम्बन्धित समाचार