नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ फागुन ।
नेपालमा आज (बुधबार) सुनको मूल्य १९०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९९ हजार ५०० रहेकोमा मंगलबार रु ९७ हजार ६०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार रहेकामा मंगलबार प्रतितोला रु ९७ हजार १०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य मंगलबारको मूल्य भन्दा ३५ रुपैयाँ बढ्दै एक हजार ३७० मा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला रु एक हजार ३३५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।