आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

३ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ४ हजार ९२४ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा २ हजार ४४८ जनाको पीसीआर परीक्षण गर्दा ७० जना र दुई हजार ४७६ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९४४ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ३२० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ५७ हजार ८०८ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ५१७ रहेको छ । जसमा ७ हजार ३४९ जना होम आइसोलेसनमा छन् भने १६८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६१ संक्रमित आईसीयूमा र ९ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७७ हजार २६९ र एन्टिजेन विधिबाट १ लाख ३९ हजार ४९२ जना पुगेको छ ।

 

सम्बन्धित समाचार