नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ फागुन ।

निर्वाचन आयोगले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि सरकारले आठ अर्ब ११ करोड रुपैयाँ बजेटको सुनिश्चितता गरेको बताएको छ । आज (बिहीबार) निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै अर्थ मन्त्रालयबाट हाललाई सो रकमको सुनिश्चितता भएको बताएको हो ।
आयेगका प्रवक्ता शालीग्राम शर्माले अर्थ मन्त्रालयबाट हाललाई सो रकमको सुनिश्चितता भएको बताएका हुन् । स्थानीय निर्वाचनका लागि आयोगमा ८० दल दर्ता भएको र ती दलको निवेदनमाथि जाँचबुझ भएको भन्दै आयोगले दलहरुको अन्तिम नामावली फागुन २६ मा प्रकाशन गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । स्थानीय तहमा खट्ने प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावलीसमेत सम्बन्धित निकायबाट प्राप्त भइसकेको र यो जाँच बुझको क्रममा रहेको आयोगले जनाएको छ ।
यसैगरी, मतदाताको एकभन्दा बढी नाम भएको भए एक ठउँको मात्र कायम गर्न मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन, त्रुटि सच्याउन, झुटो विवरण दिई नाम समावेश गरेको भए विरोधमा उजुरी दिन लगायतका निर्वाचनसँग सम्बन्धित मतदाता नामावलीको जाँचबुझ जस्ता कृयाकलापहरु फागुन २० देखि २६ गतेसम्म सञ्चालन हुने आयोगले जनाएको छ ।
विज्ञप्ति
