फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो लिटरको ?(सूचीसहित)

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले बिहीबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर समान ५ -५ रुपैयाँले बढाएको छ ।

त्यस्तै खाना पकाउने एलपी ग्यासको मुल्य भने यथावत राखिएको छ । मूल्यवृद्धिसँगै पेट्रोलको भाउ प्रतिलिटर १५० रुपैयाँ र मट्टितेल र डिजेलको १३३ रुपैयाँ पुगेको छ। यस्तै निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरेको निगमले जनाएको छ ।



इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले फेरि पेट्रोल र डिजेलको मूल्य बढाएको हो । निगमलाई १५ दिनमा करिब रू दुई अर्ब ५० करोड घाटा हुने अवस्था रहेका कारण मूल्य बढाउन बाध्य भएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

सूची

सूची

 

सम्बन्धित समाचार