नवकान्तिपुर संवाददाता
काठमाडौं, २० फागुन ।
नेपालमा आज (शुक्रबार) सुनको मूल्य ९०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९९ हजार ९०० रहेकोमा बिहीबार रु ९९ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९० हजार ४०० रहेकामा बिहीबार प्रतितोला रु८९ हजार ५०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य स्थिर रहँदै बुधबारको मूल्य अनुसार नै कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला रु एक हजार ३८० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।