नेपाल बैंकले ठूलो संख्यामा माग्यो कर्मचारी

नेपाल बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारीहरु पदपूर्तीको लागि दरखास्त आह्वान गरेको छ । बैंकले एक सूचना जारी गर्दै लोकसेवा आयोगको सहमतिमा ३०३ स्थायी कर्मचारी पदपूर्तिका लागि कर्मचारीको दरखास्त माग गरेको हो ।

बैंकले विभिन्न तहहरुमा विभिन्न प्रदेशका लागि छुट्टाछुट्टै दरखास्त आह्वान गरेको हो । बैंकले आइटी, चाटर्ड एकाउन्टेनको सहायक प्रवन्धक, इलेक्ट्रिकल इन्जिनियतर्फको सहायक प्रवन्धक लगायतमा कर्मचारी माग गरेको हो । आजदेखि आगामी चैत्र १० गतेसम्म अनलाइनबाट दरखास्त दिन सकिने बैंकले जनाएको छ ।



आयोगले ६२ जना सहायक प्रबन्धक मागेको छ भने सहायक पदमा १५० जनाका लागि जागिरको अवसर छ । त्यस्तै, कनिष्ठ सहायकमा ९१ जनाका लागि दरखास्त आह्वान भएको छ । बैंकले सहायक प्रबन्धकमा ५६, सहायक प्रबन्धक (सिए) मा २ र सहायक प्रबन्धक (आइटी)मा ४ जना मागेको हो । सहायक प्रबन्धकका लागि व्यवस्थापन वा अर्थशास्त्र (मानविकी)मा न्यूनतम स्नाकोत्तर हुनुपर्नेछ भने सिएका लागि सिए÷एसीसीए उत्तीर्ण हुनुपर्नेछ । त्यस्तै, आइटी दरखास्त दिन सूचना प्रविधिमा बीसीए/बीसीआइकम/बीआइटी/बीआइएम/बीएस्सी हुनुपर्नेछ ।

बैंकले सहायक र कनिष्ठ सहायकका लागि प्रदेशगत कोटा छुट्याएको छ । १४८ जना सहायक मागेको बैंकले प्रदेश १ र मधेसमा ३१-३१ जनाका लागि कोटा छुट्याएको छ । बैंकले बागमतीमा ५१, गण्डकीमा १०, लुम्बिनीमा २१ तथा कर्णाली र सुदूरपश्चिममा २-२ जना सहायक मागेको छ । यसका लागि व्यवस्थापन वा अर्थशास्त्रमा स्नातक उत्तीर्ण हुनुपर्नेछ ।

सहायक आइटी बागमतीका लागि २ जना माग गरिएको छ । बैंकले ९१ जना कनिष्ठ सहायक मागेको छ । जसअनुसार प्रदेश १ मा १६, मधेसमा १५, बागमतीमा २७, गण्डकीमा १२, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ५ जना माग गरिएको छ । यसका लागि व्यवस्थापनमा प्रमाणपत्र/ प्लस टु उत्तीर्ण हुनुपर्नेछ ।

 

 

सम्बन्धित समाचार