आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

१ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा १२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ८ हजार ९३३ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ७ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा १११ जना र एक हजार ८४२ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९४५ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ३८५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ५८ हजार १९३ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार २४२ रहेको छ । जसमा ७ हजार ९९ जना होम आइसोलेसनमा छन् भने १४३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ५४ संक्रमित आईसीयूमा र १० जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७७ हजार ३८० र एन्टिजेन विधिबाट १ लाख ३९ हजार ५०७ जना पुगेको छ ।

 

सम्बन्धित समाचार