नवकान्तिपुर संवाददाता
काठमाडौं, २० फागुन ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । सल्यान, त्रिबेणी गाउँपालिका-५ टुनिबोट बस्ने तेज बहादुर रोकाको किराना पसलको बाहिरपट्टी बरण्डामा भारत मन्साटोल बेतनिया थाना बस्ने फाइबर कपडाको ब्यापार गर्ने ३१ वर्षीय बिकाउ मिया शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै ताप्लेजुङ, फक्तालुङ गाउँपालिका-२ स्थित तमोर नदीको किनारस्थित ढुङ्गाको चेपमा सोही ठाउँ बस्ने ३३ वर्षीय सुर्य कार्की शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता बारा, जितपुरसिमरा उपमहानगरपालिका-८ स्थित सरिसवा खोला नजिकैको बाँसघारीमा सोही उपमहानगरपालिका गमरगवा बस्ने १९ वर्षीय जयराम महतो शुक्रबार मृत अवस्थामा फेला परेका छन् । फागुन १६ गतेदेखि हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
यस्तै रामेछाप, खाँडादेवी गाउँपालिका-३ सित्खा बजार बस्ने ३६ वर्षीया पूर्णदेवी श्रेष्ठ सोही ठाउँस्थित सुनकोशी नदीको किनारमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् । घरबाट फागुन १२ गते हराएकी उनको खोजी गर्नेक्रममा उक्त खोलामा शव फेला परेको हो । यसैगरी रामेछाप, गोकुलगंगा गाउँपालिका-१ बालुवा बस्ने ८६ वर्षीया जाङबु शेर्पा सोही ठाउँस्थित लिखु खोलाको दहमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् । बुधबार माइत जान्छु भनि हिँडेकी उनी उक्त खोलामा मृत अवस्थामा फेला परेकी हुन् ।
त्यसैगरी झापा, अर्जुनधारा नगरपालिका-३ बस्ने ३७ वर्षीया सोकमती सुबेदी आफ्नै घर अगाडिको बारीमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् । यता चितवन, कालिका नगरपालिका-१० लतोन्तीस्तित बारीको झाडीमा बिहीबार वेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेको छ । यसैगरी दार्चुला, नौगाड गाउँपालिका-५ उडालु बस्ने ३१ वर्षीय गाविन्द राम टमाटा सोही गाउँपालिका-५ स्थित चिनेगौँडा ढोलेमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
