नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ फागुन ।

प्रतिनिधिसभाको बैठक आज(आइतबार) बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्नेछ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले शनिबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं वार्षिक प्रतिवेदन पेश गर्ने उल्लेख छ ।
त्यस्तै बैठकको कार्यसूची तय गर्न बिहान साढे ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ । कार्य व्यवस्थाको बैठकले कार्यसूचीलाई अन्तिम रुप दिने भएकाले सम्भावित कार्यसूची संशोधन पनि हुनसक्छ ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन निरन्तर अवरोध गरिरहेको छ । गत भदौ २३ गते देखि नै संसद वैठकमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले यसअघिका सबै बैठकमा नाराबाजी गर्दै आएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै नाराबाजी गर्दै आएको छ । आजको बैठकमा पनि अवरोध गर्ने तयारीमा एमाले रहेको छ ।
कार्यसूची :
