नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ फागुन ।
नेपालमा आज (आइतबार) सुनको मूल्य २००० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख, १ हजार ९०० रहेकोमा शुक्रबार रु ९९ हजार ९०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख, १ हजार ४०० रहेकामा शुक्रबार प्रतितोला रु ९० हजार ४०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य शुक्रबारको मूल्य भन्दा ३५ रुपैयाँ बढ्दै एक हजार ४१५ मा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला रु एक हजार ३८० मा कारोबार भएको थियो ।
सुनको मूल्य करिब डेढ वर्षयता पहिलोपटक एक लाख रुपैयाँभन्दा माथि पुगेको हो । यसअघि, गत वर्ष २०७७ साल भदौ ३ गते सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ पुगेको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको प्रतिऔँस एक हजार ९७० डलर आसपास कारोबार भइरहेको छ ।