नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

२२ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । आज (आइतबार) बस्ने भनिएको बैठक पुनः स्थगित भएको हो । शुक्रबार सुरु केन्द्रीय समिति बैठक आज ११ः०० बजेका लागि तय गरिएको थियो ।

यद्यपि बिहान ११ बजे राष्ट्रिय सभागृहमा बस्ने तय भएको बैठक सारेर दिउँसो २ बजे अनुपम पार्टी प्यालेस बत्तीसपुतलीमा बस्ने तयारी गरिएको थियो । माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक भोलि (सोमबार) बिहान ११ बजे बैठक बस्ने तय भएको छ । नबैठकको तयारी नपुगेको तथा नेताहरुबीच आन्तरिक तयारी गर्नुपर्ने भएपनि बैठक स्थगित गरिएको एक नेताले बताए । शुक्रवार सुरु भएको पार्टीको केन्द्रिय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थिति र एमसीसीबारे र नेता नारायणकाजी श्रेष्ठले एमसीसी सम्झौताका विषयमा पार्टीले खेलेको भूमिकाका विषयमा धारणा राखेका थिए ।



गत पुसमा आठौँ महाधिवेशन सम्पन्न गरे पनि माओवादीले अध्यक्ष बाहेक अन्य पदाधिकारी चयन गरेको छैन । माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव तथा एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ ।

 

 

 

 

 

सम्बन्धित समाचार