नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ फागुन ।

ललितपुरमा दुई दिनको शिशुसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुमा दुई दिनको शिशुसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।
चार जनाको घरभित्रै र र दुई दिनको शिशुको उपचारका क्रममा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) यज्ञविनोद पोखरेलले जानकारी दिए । मृत्यु हुनेमा ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष स्याङ्तान, २३ वर्षीया सुष्मा स्याङ्तान, ७ वर्षीय आस्मा स्याङ्तान रहेका छन् ।
उनका अनुसार सोमबार बिहान घरमै शंकास्पद अवस्थामा मृत फेला परेका थिए भने थप एक जनालाई उपचारका लागि पाटन अस्पताल पुर्याउँदा चिकित्सकले मृत्त घोषणा गरेका थिए । त्यस्तै घरमुली शुभ स्याङतानको अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलमा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसरको टोली पुगेर अनुसन्धान थालेको छ ।
