नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ फागुन ।

वरिष्ठ वामपन्थी नेता कृष्णराज वर्माको निधन भएको छ । आज (सोमबार) ९३ वर्षको उमेरमा वर्माको निधन भएको हो ।
उनी लामो समयदेखि नसाको रोगबाट बिरामी पर्नुभएको थियो । केही दिनदेखि उनी ह्याम्स अस्पतालमा उपचाररत थिए । नेपालको कम्युनिस्ट आन्दोलनमा अनवरत सङ्घर्ष गर्दै आएका वर्मा निष्ठावान् नेता मानिन्छन् ।
उनका श्रीमती, तीन छोरा र तीन छोरी छन् ।

