नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ फागुन ।
नायिका रेखा थापाले ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना दिएकी छिन् । आज (मंगलबार) सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै शुभकामना दिएकी हुन् । उनले पुरुषसँग पनि पीडा छ भन्दै पुरुषहरूले पाएको दुःख घटाउन त्यो घरभित्र एउटा योद्धा छोरी जन्मिनु पर्ने बताएकी छिन् ।
त्यस्तै उनले कमजोर महिलाको पती, बुवा, भाइ वा प्रेमी सबै कमजोर बन्न पुग्ने टिप्पणी गरेकी छिन् । आज विश्वभर ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाइँदैछ। यसपालि नेपालमा ‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।
नायिका थापाको फेसबुक स्टाटस जस्ताको त्यस्तै
‘पुरुषको विरुद्ध होइन, पुरुषलाई पनि पीडा छ। पुरुषहरूले पाएको दुःख घटाउन त्यो घरभित्र एउटा योद्धा छोरी जन्मिनुपर्छ भन्ने मान्दछु। कमजोर महिलाको पती, बुवा, भाइ वा प्रेमी सबै कमजोर बन्न पुग्दछन् । ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना ।’