नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ फागुन ।
नेपालमा आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ । निरन्तर बढिरहेको सुनको मूल्य आज भने स्थिर रहेको हो । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य आज सोमबारकै मूल्य अनुसार कारोबार भएको छ । सुन आज प्रतितोला रु एक लाख ३ हजार कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य पनि सोमबारकै मूल्य अनुसार प्रतितोला रु एक लाख, २ हजार ५०० मा कारोबार भएकोे छ । यसैगरी आज चाँदीको मूल्य सोमबारको मूल्य भन्दा १५ रुपैयाँ घट्दै एक हजार ४१० मा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला रु एक हजार ४२५ मा कारोबार भएको थियो ।
सुनको मूल्य करिब डेढ वर्षयता पहिलोपटक एक लाख रुपैयाँभन्दा माथि पुगेको हो । यसअघि, गत वर्ष २०७७ साल भदौ ३ गते सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ पुगेको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको प्रतिऔँस एक हजार ९८९ डलर आसपास कारोबार भइरहेको छ ।