यी हुन् माओवादी केन्द्रीय कमिटीमा समेटिएका प्रचण्ड परिवार (नामावलीसहित)

नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९७ जना मनोनित गरेको छ । सोमबार अनुपम फुडल्याण्डमा बसेको बैठकले ९७ जना सदस्य थपिएका हुन् ।

सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ९७ जना केन्द्रीय सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गरेका हुन् । थपिएका केन्द्रीय कमिटी सदस्यमा प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्य पनि मनोनित भएका हुन् । खुलातर्फ ५५ तथा समानुपातिक तर्फ ४२ जनाको नामा प्रचण्डले पेस गरेका हुन् ।



योसँगै प्रचण्डको परिवारबाट ६ जना केन्द्रीय सदस्य बनेका छन् । यसअघि गत पुसमा भएको महाधिवेशनबाट २३६ केन्द्रीय सदस्य घोषणा गर्दा प्रचण्डसहित, उनका छोरी रेनु दाहाल, भाई नारायण दाहाल र बुहारी विना मगर केन्द्रीय कमिटीमा परेका थिए । हिजो थपिएको ९७ जनासहित केन्द्रीय सदस्यको संख्या ३४३ पुर्‍याइएको छ । सोमबारको बैठकमा आगामी स्थानीय तहकाे निर्वाचन केन्द्रित दुई महिने अभियानका विषयमा छलफल भएको थियो । माओवादी केन्द्रीय समितिको अर्को बैठक जेठ २० गते बस्नेछ ।

यी हुन् माओवादी केन्द्रीय कमिटीमा प्रचण्ड परिवार
पुष्पकमल दाहाल ‘प्रचण्ड’
रेनु दाहाल (प्रचण्डकी छोरी)
विना मगर (प्रचण्डकी बुहारी)
नारायण दाहाल (प्रचण्डका भाई)
गंगा दाहाल (प्रचण्डकी छोरी)
जीवन आचार्य (प्रचण्डका ज्वाइँ )

सम्बन्धित समाचार