मौसम पूर्वानुमान: पहाडी भागमा सामान्य बदली, अन्यत्र मौसम सफा

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १ र मधेश प्रदेशको भु-भागमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भुभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग आज (बुधबार) देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै आज राति देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।



हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभएकोले उल्लेखनिय चेतावनी तथा परामर्श नरहेको महाशाखाले जनाएको छ ।

 

सम्बन्धित समाचार