प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता, के भयो कुराकानी ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। आज (बुधबार) राजदूत यान्छी र प्रचण्डबीच खुमलटारमा भेटवार्ता भएको हो ।

भेटमा राजदूत यान्छीले चिनियाँ विदेशमन्त्री वाङ यीको सम्भावित नेपाल भ्रमणका विषयमा जानकारी दिएको बताइएको छ । त्यस्तै उनले एमसीसीको विषयमा पनि अध्यक्ष दाहालसँग छलफल गरेको स्रोतले बताएको छ । पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्र बनाएकी राजदूत यान्छीले प्रचण्डसँग आसन्न स्थानीय तहको निर्वाचन, नेपाल -चीन सम्बन्धलगायतका विषयमा पनि छलफल गरेकी थिइन् ।



त्यस्तै भेटमा पछिल्लो राजनीतिक अवस्थाबारेमा समेत कुराकानी भएको जनाईएको छ । उनीहरुबीच झन्डै दुई घन्टा लामो छलफल भएको थियो ।

 

सम्बन्धित समाचार