माधव नेपालले एमसीसीबारे जथाभावी नबोल्न भनेपछि…

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी)का विषयमा जथाभावी नबोल्न आफ्ना नेताहरूलाई निर्देशन दिएका छन् । काठमाडौंमा बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले नेताहरूलाई यस्तो निर्देशन दिएका हुन् ।

उनले भने, ‘एमसीसीको विषयमा अत्यन्तै गम्भीर कुरा फेसबुकमा लेख्नुभएको छ । ती कुराहरू आपत्तिजनक छन् । पार्टीले सहन सक्दैन । बहुमतको निर्णय पार्टीको निर्णय हुन्छ । आफ्नो गल्ती स्वीकार्नुस् । अन्यथा स्पष्टीकरण सोध्नुपर्ने अवस्था आउँछ ।’ उनले अध्यक्ष नेपालले एमसीसीविरुद्धमा लेखिएका स्टाटस मेटाउन पनि निर्देशन दिएका छन् ।



त्यस्तै अध्यक्ष माधवकुमार नेपालले अहिले सत्ता गठबन्धन तोड्ने षड्यन्त्र भैरहेको बताएका छन् । उनले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्ने बेलामै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन फुटाउन खोजेको आरोप लगाए । तर, एमसीसी व्याख्यात्मक घोषणाबाट एमसीसी अनुमोदन गरेको भन्दै ओलीको प्रयास असफल रहेको बताए । बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, नेता राजेन्द्र पाण्डे, मेटमणि चौधरी, गङ्गालाल तुलाधरसहित केन्द्रीय कमिटीका ३३५ सदस्य सहभागी रहेका छन् ।

सम्बन्धित समाचार