नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ फागुन ।

मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् । आज (बुधबार) मोरङमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रबाट निर्वाचित भएका मेयर र उपमेयर एमालेमा प्रवेश गरेका हुन् ।
माओवादी केन्द्रबाट निर्वाचित मेयर दिलिप कुमार अग्रवाल (बगडीया), उपमेयर केशवकुमारी खरेललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले फूलमाला र अबिर लगाएर पार्टी प्रवेश गराएका हुन् । त्यस्तै वडा नं १ का अध्यक्ष कृष्ण खनाल, वडा ५ अध्यक्ष महानन्द मण्डल र वडा ७ का अध्यक्ष रामचन्द्र मण्डलसहित करिब ५ हजार जना एमालेमा प्रवेश गरेको नेकपा एमालेले जनाएको छ ।
त्यसैगरी वडा सदस्य शंकर साहले पनि जनता समाजवादी पार्टी परित्याग गरी एमाले प्रवेश गरेका छन् । उक्त कार्यक्रमको लागि एमाले अध्यक्ष ओली आज बिराटनगर गएका थिए ।

