मृत अवस्थामा १० जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । खोटाङ, साकेला गाउँपालिका-१ साप्सु खोलाको बगरमा भोजपुर, भोजपुर नगरपालिका-१२ टक्सार घर भएका ४० वर्षीय राम कुमार राई बुधबार मृत अवस्थामा फेला परेका हुन् । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-९ निर्मलीडाँडास्थित ससुराली घर जान्छु भनि मंगलबार हिँडेकोमा घर नआएपछि खोजी गर्नेक्रममा उक्त बगरमा उनको शव फेला परेको हो ।

त्यस्तै ओखलढुंगा, खिजिदेम्बा गाउँपालिका-१ बिमिरेस्थित लिखु खोलाको दहमा खिजिदेम्बा गाउँपालिका-३ घर भई सोही गाउँपालिका-१ स्थित सडकमा लेबर काम गर्ने ३७ वर्षीय झपट बहादुर सुनुवार बुधबार मृत अवस्थामा फेला परेका छन् । यता दैलेख, दुल्लु नगरपालिका-३ चाखापाडा बस्ने ४६ वर्षीय भक्ति प्रसाद जैशी दुल्लु नगरपालिका-४ शान्तिबजारतर्फ जाने सडकमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै लमजुङ, दोर्दी गाउँपालिका-६ छोटे खोला किनारमा काठमाडौं गोकणेश्वर नगरपालिका-१ बस्ने २४ वर्षीय किरण गुरुङ मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी काठमाडौं महानगरपालिका-१२ टेकु डेरा गरी बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-२ घर भएकी ४८ वर्षीया टेक कुमारी घर्ती क्षेत्री आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका-१० स्युचाटार अमरज्योति स्कुल नजिक सडक पेटीमा मोरङ सुन्दरहरैचा नगरपालिका-६ गोठगाउँ घर भई स्युचाटार बस्ने ७५ वर्षीय कृष्ण बहादुर आचार्य सोमबार मृत अवस्थामा फेला परेका छन् । यता भक्तपुर, चाँगुनारायण नगरपालिका-७ बागरेस्थित टहराभित्र हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिलाको शव फेला परेको छ ।

त्यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-१० कुपण्डोल बाग्मती पुलमुनि भक्तपुर चाँगुनारायण नगरपालिका-७ बागेश्वरी घर भएका ४५ वर्षीय बिनोद गुरुङ मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता झापा, शिवसताक्षी नगरपालिका-११ सताक्षीधाम मन्दिरस्थित गुरुकुल भवनको अतिथिगृहको कोठामा भारत मुम्बई घर बताउने ५५ वर्षीय महेश शिवाजी पाटिन सोमबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै सुनसरी, धरान उपमहानगरपालिका-११ ओमशान्ति मार्गस्थित घरको प्यासेजमा ४५ बर्षीय प्रकाश तामाङ सुतेको अवस्थामा सोमबार मृत फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार